म्यादी प्रहरीको यसरी गरियो बिदाई

काठमाडौं, ७ पुस – प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरीको शुक्रबार बिदाई गरिएको छ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरी भर्ना गरेको थियो म्यादी प्रहरीको काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरू र उपत्यका बाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालयबाट भर्ना गरिएको थियो यसैबीच महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले पनि आफू मातहतका ८१ जना म्यादी प्रहरीको बिदाई गरेको छ । प्रभागमा शुक्रबार आयोजित एक कार्यक्रममार्फत उनीहरुलाई प्रमाणपत्रसहित बिदाई गपिरएको प्रभाग प्रमुख प्रहरी इन्सपेक्टर प्रताप पौडेलले लोकपथलाई जानकारी दिए । सो क्रममा टोलसुधार समितिका प्रतिनिधिको समेत सहभागिता रहेको थियो बिदाईका क्रममा म्यादी प्रहरीले छोटो समय भएपनि बर्दी लाएर देशको सेवा गर्न पाउँदा खुसी लागेका बताएका थिए भने पौडेलका अनुसार प्रहरी जवानले पाए सरहको तलब, भत्ता र सुविधा उनीहरुले पाएका छन् म्यादी प्रहरीले ५५ दिन खटिए बापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाएका छन् त्यस्तै निर्वाचनको दिन सात दिनका लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले विशेष भत्ता र २ सय ५० रुपैयाँ नै खाजा खर्च पनि पाएका छन यस्तै ४ हजार पोसाक भत्ता र बाटो खर्च स्वरूप १ हजार रुपैयाँ पनि पाएका छन् । सबै रकम उनीहरुको तोकिएको बैंक खातमार्फत उपलब्ध गराइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?