सिके राउतलाई जोडिएको ‘मधेशी पुत्र–२’ प्रदर्शनमा किन लगाइयो रोक ?

काठमाडौं, ७ पुस । अनुरागी फिल्म प्रा.लि.को ब्यानरमा निर्माण भएको “मधेशी पुत्र–२” कथानक चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर गरेको छ चलचित्रमा प्रयोग भएका अपाङ्ग सरकार, छक्का, घण्टा जस्ता शब्दहरु म्यूट गर्ने, टाउकोमा गोली हानेको दृश्यहरु ब्लर गर्न लगाउने र सीके राउत भन्ने पात्रको भूमिका र प्रसंग पूर्णरुपमा हटाउन समितिले निर्णय गरेको छ मधेशी पुत्र–२ का लेखक निराजन मेहताले तराई–मधेशको वास्तविक राजनीतिक घटित घटनामा आधारित भएकोले समितिले भने अनुसारका दृश्यहरु हटाउन नमिल्ने बताएका छन् । यस्ता दृश्य तथा सम्वादहरु अन्य नेपाली चलचित्रहरुमा हुँदा केही फरक नपर्ने तर मधेशको राजनीतिक घटनाका बारे निर्माण भएको चलचित्रमाथि रोक लगाउनु मधेशीसँगको विभेदको निरन्तरताकै क्रम नै रहेको लेखक मेहता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?