बामदेव हराउने सन्जयले काठमाडौं आउनेवित्तिकै भने यस्तो !

काठमाडौं, ७ पुस ।  ले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवम् प्रभावकारी प्रमुख प्रतिपक्षमा बस्नेगरि तयारी गर्नुपर्नेमा जोड दिएका छन् । एमालेका चर्चित नेता वामदेव गौतमलाई हराएर चर्चामा आएका उनी केहिदिनअघि मात्रै काठमाडौं फर्किएका थिए राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, हामीले अब त्यही अनुसारको तयारी गर्नुपर्छ ।’साक्षात्कारमा मन्त्री गौतमले मुलुकमा अहिले नयाँ परिवेश र परिस्थिति सिर्जना भएको बताउँदै भने, ‘हामी अब उपर्युक्त समयको प्रतिक्षामा छौं, उपर्युक्त वातावरण बनाएर सरकार छाड्छौं, कांग्रेसको तयारी अब सशक्त प्रतिपक्षमा बस्नको लागि हुन्छ, हामी जनमतको सम्मान गर्छौं ।’ यद्यपी उनले प्रधानमन्त्री शेरबहादुर देउवाले समय आएपछि कुर्सी छोड्ने विश्वास दिलाए उनले उनले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकोले एमाले–माओवादी केन्द्रवीच एकता होस् भन्ने शुभकामना पनि दिए । उनले भने, ‘हुन त उहाँहरुबीचको एकता हुन्छ भन्ने म सरल देख्दिन्, भयो भनेपनि मुलुकको लागि राम्रो हुन्छ, हाम्रो शुभकामना छ ।’एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका नेता गौतमले आफू कामको हेभीवेट भएको समेत सुनाए । उनले भने, ‘नामको हेभीवेटले हुँदैन, म त कामको हेभीवेट हुँ, मलाई बर्दियाको माटोले पत्याउँछ भन्नेमा सुरुदेखि नै विश्वास थियो, मलाई पनि पार्टीले उचित मूल्यांकन गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?