२ जेष्ठ २०७९, सोमवार

बामदेव हराउने सन्जयले काठमाडौं आउनेवित्तिकै भने यस्तो !

२०७४,पुष,७,शुक्रवार ०७:०१

0
Shares

काठमाडौं, ७ पुस ।  कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवम् प्रभावकारी प्रमुख प्रतिपक्षमा बस्नेगरि तयारी गर्नुपर्नेमा जोड दिएका छन् । एमालेका चर्चित नेता वामदेव गौतमलाई हराएर चर्चामा आएका उनी केहिदिनअघि मात्रै काठमाडौं फर्किएका थिए राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, हामीले अब त्यही अनुसारको तयारी गर्नुपर्छ ।’साक्षात्कारमा मन्त्री गौतमले मुलुकमा अहिले नयाँ परिवेश र परिस्थिति सिर्जना भएको बताउँदै भने, ‘हामी अब उपर्युक्त समयको प्रतिक्षामा छौं, उपर्युक्त वातावरण बनाएर सरकार छाड्छौं, कांग्रेसको तयारी अब सशक्त प्रतिपक्षमा बस्नको लागि हुन्छ, हामी जनमतको सम्मान गर्छौं ।’ यद्यपी उनले प्रधानमन्त्री शेरबहादुर देउवाले समय आएपछि कुर्सी छोड्ने विश्वास दिलाए उनले उनले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकोले एमाले–माओवादी केन्द्रवीच एकता होस् भन्ने शुभकामना पनि दिए । उनले भने, ‘हुन त उहाँहरुबीचको एकता हुन्छ भन्ने म सरल देख्दिन्, भयो भनेपनि मुलुकको लागि राम्रो हुन्छ, हाम्रो शुभकामना छ ।’एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका नेता गौतमले आफू कामको हेभीवेट भएको समेत सुनाए । उनले भने, ‘नामको हेभीवेटले हुँदैन, म त कामको हेभीवेट हुँ, मलाई बर्दियाको माटोले पत्याउँछ भन्नेमा सुरुदेखि नै विश्वास थियो, मलाई पनि पार्टीले उचित मूल्यांकन गर्छ ।’

प्रकाशित मिति: २०७४,पुष,७,शुक्रवार ०७:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ । ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय

झापा । झापाका दुई स्थानीय तहमा मतगणना स्थगीत भएको छ । गणनाको क्रममा विवाद आएपछि शिवसताक्षी र गौरीगञ्ज नगरपालिकामा गणना

तनहुँ । म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले

जुम्ला । जिल्लाको कन्कासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले अध्यक्ष र उपाध्यक्षमा बाजी मारेका छन् । केहीबेर अघि सार्वजनिक नतिजा अनुसार

ताजा समाचार

लुम्बिनीमा मोदीले दिनभर के गर्दैछन् ?
 २०७९,जेष्ठ,२,सोमवार १३:४७
डोल्पाको ठुलीभेरीमा कांग्रेसको जीत
 २०७९,जेष्ठ,२,सोमवार १३:४१