ठाकुमार क्याम्पसका विद्यार्थी रोशन यादवमाथि छुरा प्रहार, अवस्था गम्भीर

वीरगञ्ज, ७ पुस । वीरगञ्जको ठाकुराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीमाथि छुरा प्रहार भएको छ ठाकुराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि शुक्रबार बिहान छुरा प्रहार भएको हो छुरा प्रहारबाट वीरगञ्ज –१६, राधेमाई घर भएका यादव गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । छुरा प्रहारबाट उनको छातीमा चोट लागेको प्रहरीले बताएको छ छुरा प्रहारबाट गम्भीर घाइते भएका यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएता पनि त्यहाँ उपचार सम्भवन हुन नसकेपछि अहिले उनलाई गण्डक अस्पताल पठाइएको छ आक्रमण कसले केका लागि गरेको हो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन । यादवका बिहीबार क्याम्पसका केही विद्यार्थीहरुसँग विवाद भएको थियो । त्यही कारणले गर्दा यादवमाथि आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ यद्यपि, यसको औपचारिक रुपमा पुष्टि हुन भने बाँकी रहेको छ । प्रहरीले यसबारे छानबिन भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?