क्याटलान चुनावः पृथकतावादी पार्टीहरुको जित, स्पेन सरकारको हार

एजेन्सी । क्याटलान पृथकतावादी पार्टीहरुले नयाँ क्षेत्रीय संसदको चुनावमा धेरैजसो सिटहरु जित्न सफल भएका छन् । जसका कारण स्पेनको केन्द्र सरकारसँग थप मुठभेडको अवस्था सिर्जना हुन सक्ने आंकलन गरिएको छ अर्थात् उक्त चुनावमा सिटिजन्स पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ जो क्याटलोनिया स्पेनको अर्ध स्वायत्त क्षेत्र होस् भन्ने चाहन्छन् मड्रिड सरकारले क्याटलोनियाको स्वायत्तालाई खोस्दै अक्टोबरमा भएको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहलाई गैर संवैधानिक घोषणा गर्दै चुनावको आह्वान गरेका थिए हिजो सम्मपन्न भएको चुनावमा ८० प्रतिशत भन्दा बढी मतदान भएको छ जुन क्याटलोनियाको क्षेत्रीय चुनावमा अहिलेसम्मकै बढी हो त्यस्तै, क्याटलन पृथकतावादी नेता कार्लस पुज्डमोनले स्वतन्त्रता समर्थक पार्टीहरु चुनावमा विजयी भएको बताएका छन् ब्रसल्समा आफैँ निर्वासनमा बसिरहेका नेता पुज्डमोनले यो चुनावमा क्याटलान नागरिकहरुले जित भएको र स्पेन सरकारको हार भएको बताएका थिए पुज्डमोनले चुनाव क्याटलान रिपब्लिकले जितेको भन्दै कसैले पनि यो मतपरिणामलाई विवादास्पद भन्न नसक्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?