११ जेष्ठ २०७९, बुधबार

किशोर किशोरीलाई लक्षित गरी स्वास्थ्य शिक्षा कार्यक्रम संचालन

२०७४,पुष,७,शुक्रवार ०४:१४

0
Shares

पाल्पा, ७ पुस । ‘विहेवारी बिस वर्ष पारी’ भने पनि यस जिल्लामा अझैपनि उमेर नपुग्दै विवाह हुने क्रममा कमी आउन सकेको छैन । उमेर नपुग्दै अर्थात् किशोरावस्थामा नै विवाह गरेर घरजम गर्नेको संख्या अहिले पनि उत्तिकै छ किशोर किशोरी विवाहलाई कम गर्न जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाले उनीहरुलाई लक्षित गरेर स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरेको छ । २०६८ सालको जनगणनाअनुसार पाल्पामा अझैपनि ६० प्रतिशत किशोर किशोरीहरु उमेर नपुग्दै वैवाहिक जीवनमा बाँधिन पुगेका छन् कतिपय रहरले त कति बाध्यताले वैवाहिक जीवनमा बाँधिने गरेको पाइन्छ । स्वास्थ्य कार्यालयले यस कार्यलाई कम गर्दै गरेर शून्यमा पु¥याउने लक्ष्यका साथ जिल्लाका माविस्तरीय ४१ सामुदायिक विद्यालयमा किशोर किशोरीका लागि स्वास्थ्य शिक्षा संचालन गर्दै आइरहेको छ गाउँगाउँमा, टोलटोलमा पुगेर आमा समूह, महिला समूहमा आबद्ध महिलाहरुलाई किशोरावस्थामा विवाह गरेपछि गर्भावस्थामा देखिने असर, शारीरिक तथा मानसिक असर, शैक्षिक क्षेत्रमा हुने असर, कम उमेरमा गर्भपतन, आमाको उमेर नपुग्दै जन्मेको बच्चामा कुपोषित हुनेलगायत समस्याका बारेमा जनचेतना फैलाउने कार्यक्रम गर्दै आइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए किशोरावस्थामा हुने विवाह न्यूनीकरण र महिनावारीका समयमा कक्षा छाड्ने किशोरीको दर कम गर्न स्वास्थ्य कार्यालयले यो कार्यक्रम ल्याएको हो ।

प्रकाशित मिति: २०७४,पुष,७,शुक्रवार ०४:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.

काठमाडौं । दम एक गम्भीर श्वासप्रश्वास रोग हो। यो रोगका कारण कतिपय अवस्थामा सास फेर्न गाह्रो हुन्छ । यदि समयमा

काठमाडौं । आयुर्वेददेखि चिकित्सा विज्ञानसम्म हरेक तहमा बिहान सबेरै उठ्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताइन्छ । हामीले बाँच्ने तरिका, के

काठमाडौं । तौल बढ्नु अहिलेको समयको सबैभन्दा गम्भीर स्वास्थ्य समस्या हो । अनुसन्धानका अनुसार अधिक तौल भएका व्यक्तिहरूमा हृदय रोग,

ताजा समाचार