१३ माघ २०७९, शुक्रवार

धनकुटामा महिला हिंसाका घटना बढ्दो, यस्तो छ तथ्यांक

२०७४,पुष,७,शुक्रवार ०४:०४

0
Shares

धनकुटा, ७ पुस । गत वर्षको तुलनामा यस वर्ष (२०१७) मा धनकुटामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजानिक भएको छ बिहीबार धनकुटामा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वार्षिक समीक्षा कार्यक्रममा गत वर्षको तुलनामा १० प्रतिशतले घरेलु हिंसाका घटनामा वृद्धि भएको जनाएको छ जिल्लामा गैरराज्य पक्षबाट भएको ३८ घटनामध्ये ३३ वटा घरेलु महिला हिंसासम्बन्धी घटना रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत वर्षको पुस १५ देखि एक वर्षको अवधिमा पाँचवटा ज्यूज्यानसम्बन्धी गम्भीर प्रकृतिका घटनासहित ती घटनाहरु घटेको इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ मानवअधिकार वर्ष पुस्तक—२०१८ प्रकाशनका लागि सङ्कलित जिल्लामा भएका एक वर्षभरका घटनामा दुई हत्या, एक बलात्कार, दुई बहुबिबाह रहेका छन् भने विभिन्न पक्षबाट तीन दिन जिल्ला बन्द भएको थियो जिल्लाका ग्रामीण क्षेत्रमा रोजगार, स्वास्थ्य, शिक्षा एवं मानवअधिकारका क्षेत्रमा सचेत बनाउने कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझावसमेत समावेश गरी इन्सेक वर्ष पुस्तक—२०१८ का लागि प्रतिवेदन तयार गरिने जिल्ला शाखाका संयोजक सन्तोष रुचाले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,पुष,७,शुक्रवार ०४:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनालले दोस्रो विवाह गरेका छन् । माघ १२ गते श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग

धनुषा । धनुषा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गर्दै धनुषाको

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरसँग सिमाना जोडिएको दैलेख गुराँस गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने भएको छ । पालिकाका योजना कार्यान्वयनका बेला

महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना

ताजा समाचार

धनुषामा लागुऔषधसहित चार जना पक्राउ
 २०७९,माघ,१३,शुक्रवार १४:५३