१० जेष्ठ २०७९, मंगलवार

विधानअनुसार पार्टी चल्न नसक्दा राम्रो नतिजा आएन : सिंह

२०७४,पुष,६,बिहीवार १६:०६

0
Shares

काठमाडौँ, ६ पुुस – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विधानअनुसार पार्टी चल्न नसक्दा निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकिएको बताएका छन् नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँले प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा विजयी आफूलाई यहाँ आज ‘बधाई तथा सम्मान’ दिन राखेको कार्यक्रममा नेता सिंहले पार्टी संस्थागत ढंगले चल्न नसक्दा पराजय भोग्नुपरेको बताए । पूर्वमहामन्त्री सिंहले जनतालाई पार्टी मन परे पनि नेतृत्व मन नपरेका कारण धेरै स्थानमा हार व्यहोर्नुपरेको विचार व्यक्त गर्दै भने, “पार्टीभन्दा नेता र व्यक्ति ठूलो हुन सक्दैन, त्यसैले पार्टीमा सुधार आवश्यक छ ।” पार्टीभित्र पदाधिकारी, केन्द्रीय सदस्य र विभागले पूर्णता पाउन नसक्नु दुःखद् भएको उनको भनाइ थियो ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले काँग्रेस मजदुरको जगमा उभिएको पार्टी भएकाले मजदुरको समस्या समाधानका लागि पार्टीले विशेष चासो दिनुपर्नेमा जोड दिए । ट्रेड युनियन काठमाडौँका अध्यक्ष गणेश भट्टराईले श्रमिकको अधिकार स्थापना गर्नका लागि आफूहरु सधैँ क्रियाशील रहेको र संस्थालाई पनि पार्टीको सहयोग आवश्यक रहेको बताए ।

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार १६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौंडा । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् । मंगलबार नेकपा एस

बारा । स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ । मंगलबार संघीय सभाको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुनु भएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३
नीति तथा कार्यक्रम सकारात्मक छ : भट्टराई
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४१
बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४०