९ जेष्ठ २०७९, सोमवार

किन बोलायो एमालेले बैठक ?

२०७४,पुष,६,बिहीवार १५:५५

0
Shares

काठमाडौँ, ६ पुस – निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगायत विषयमा बैठकमा छलफल गरिने एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बस्नेछ सचिव ज्ञवालीले केन्द्रसँगको एकता सकेसम्म छिट्टै गर्ने तयारीमा आफूहरु रहेको बताए । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पनि शुक्रबार नै बस्ने योजना छ निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका ती दुई वाम दलका शीर्ष नेता सम्मिलित समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ । एमाले र माओवादी केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताबारे सहमति गरिएको निर्णय सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार १५:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राप्रपा नेपालले गाई चुनाव चिह्न दिन निर्वाचन आयोगसँग माग गर्ने निर्णय गरेको छ । कमल थापाको अध्यक्षतामा सोमबार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिका तथा महिलामाथि हुने बलात्कारको मुद्धा अनुसन्धानका लागि आवश्यक कानुन संशोधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले श्रृङखलावद्ध

काठमाडौं । ५१ जना सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादीका १४ सांसद छन् । तर, यस पटकको स्थानीय तहको

ताजा समाचार