प्रचण्डलाई मोदीको बधाई

काठमाडौँ, ६ पुस – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाई दिएका छन् अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्रीले आज अपराह्न ४ः३० बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा बधाई दिएका हुन् सो क्रममा अध्यक्ष दाहालले आफूलाई बधाई दिएकामा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थीए । टेलिफोन वार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?