नेपाल ब्राण्ड लिडरसिप अवार्डबाट तिवारी सम्मानित

काठमाडौँ, ६ पुस । यसबर्षको नेपाल ब्राण्ड लिडरसिप अवार्डबाट ग्राण्डी अन्तरास्ट्रिय अस्पतालका मार्केटिङ प्रमुख प्रतीक तिवारी सम्मानित भएका छन् । राजधानीको सोल्टी होटलमा आयोजित एक समारोहकाबिच अर्थ राज्यमन्त्री उदय शमसेर राणाले सो पुरस्कार हस्तान्तरण गर्नुभएको हो । सीएमो एसीयाले प्रतिभा ब्यवस्थापन, ब्यवसाय संचालनमा मानव संसाधन रणनीति तथा युवा पुस्ताका बिच लोकप्रियता र कार्यसञ्चालन अनुभव साथै विविध पक्षमा आधारित रही अध्ययन पश्चात् सो पुरस्कार प्रदान गरेको थियो सो सस्थाले नेपालमा मार्केटिङ प्रभावकारीता, बित्तीय मुल्यांकनमा सिमित नभइ यसको जागरुकतामा सम्बन्धित रहेर अध्ययन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?