नेविसंघ केन्द्रिय अध्यक्षलाई नै अन्तर्घात आरोप, अब यस्तो कारबाही

डडेल्धुरा , ६ पुस । नेपाली कांग्रेस डडेल्धुराको अनुशासन समितिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसँग स्पष्टीकरण सोधेको छ । बिहीबार जिल्ला सदरमुकाममा डडेल्धुरामा बसेको अनुशासन समितिको बैठकले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारका लागि भोट मागेको उजुरीका आधारमा अध्यक्ष महरसहित ४० नेता कार्यकर्ताहरुलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो महरसँगै प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवार गोविन्दराज बोहरा, जिल्ला कार्यसमितिका कोषाध्यक्ष हरिप्रसाद पनेरु, अमरगढी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार डिल्लीराज जोशी लगायत ४० जना नेता कार्यकर्ताहरुलाई ७ दिन भित्र जवाफ दिने गरी स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ डडेल्धुरा कांग्रेस अनुशासन समितिका संयोजक अर्जुनबहादुर मल्लका अनुसार प्रदेशसभा तथा प्रतिनिपधसभा निर्वाचनका क्रममा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न भन्दै खुलेयाम विपक्षी पार्टीको प्रचार प्रसारमा संलग्न भएको उजुरी जिल्ला अनुशासन समितिमा परेपछि स्पष्टीकरण माग्ने निर्णय गरिएको हो । देशभर नेविसंघलाई चुनाबी परिचालान गर्नुपर्ने महरमाथी आफ्नै गृहजिल्लामा अन्तर्घाताको आरोप लाग्नु उनको नतृत्व शैलीप्रति प्रश्नचिन्ह शिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?