१३ माघ २०७९, शुक्रवार

‘अबको प्रधानमन्त्री ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्नुहुन्छ : गुरुङ

२०७४,पुष,६,बिहीवार ११:४३

0
Shares

काठमाडौँ, ६ पुस- नेकपा एमालेका नेता पार्वत गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने बताए । उनले भने,‘अहिलेको जनमतलाई सम्मान गर्दै उहाँले राजिनामा दिनुपर्छ, तर अहिलेको सरकार सत्ता लम्ब्याएर अस्थिरतातर्फ जान खोजेको हो कि भन्ने आभाष हुन थालेको छ।’नेता गुरुङले वाम गठबन्धनलाई जनताले स्थिरता र विकासको लागि मत दिएको भन्दै सोही अनुसार अब बन्ने सरकारले काम गर्ने समेत विश्वास दिलाए । उनले भने,‘सबैलाई सहमतिमा लिएर सरकार अघि बढ्छ, कांग्रेसले अब पाँच वर्ष कम्युनिष्टको सरकार हेरेर बस्छ।’दोलखाबाट लोकप्रिय मत हाँसिल गरेर विजयी भएका नेता गुरुङले एमाले–माओवादी केन्द्रवीच पार्टी एकता हुने भन्दै अबको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्ने पक्का भैसकेको स्पष्ट पारे । उनले थपे,‘प्रधानमन्त्री को बन्छ भन्नेबारे अब कुनै अलमल छैन, ओलीजी नै प्रधानमन्त्री बन्नुहुन्छ, पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष बन्नुहुन्छ।’ उनले प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्दा कुनै आपत्ति नहुने समेत जिकिर गरे उनले दुई पार्टीवीच एकता हुँदैन कि भनेर प्रचार गर्नु गलत भएको समेत स्पष्ट पार । ‘भोलिबाट एकताको लागि छलफल शुरु हुँदैछ, अब पनि एकता हुँदैन भन्नु जनताको मत विपरित हुन्छ’ उनले भने,‘जसले एकता मान्दिन भन्छ उ सिद्दिन्छ।’

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार ११:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा ऐन चालु अधिवेशनमा दुई महिनाभित्र संसद्‌मा टेबल गर्ने प्रतिवद्धता

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले

काठमाडौं । बिहीबारबाट नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताएका छन् । नेपाल

ताजा समाचार