१३ माघ २०७९, शुक्रवार

राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत

२०७४,पुष,६,बिहीवार ११:०३

0
Shares

काठमाडौँ, ६ पुस- नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल स्विकृत गर्नुपर्ने बताएका छन् । उक्त अध्यादेश तत्काल स्विकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने भन्दै उनले चिन्ता व्यक्त गरे महतले निर्वाचन आयोगले मत गणना गर्न सजिलो हुन्छ भनेर बुहमतीय संक्रमणीय व्यवस्थाको कुरा उठाएकोप्रति टिप्पणी गर्दै भने,‘कसैको सजिलोको लागि बहुमतीय संक्रमणीय पद्धती हुँदैन, संविधानमा कहाँ लेखेको छ त ? अहिले बहुमत ल्याएकोले एमालेले अहंकार देखायो, बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति खोज्ने कुरा गर्नुभएको छ, तर एमाले अध्यक्ष केपी ओलीजीले त हामीले जे चाहन्छौं अब त्यही हुन्छ भन्दैहुनुहुन्छ, यो अहंकार हो।’स्थानीय तहको परिणाम आईसकेपछि कांग्रेसले एकल संक्रमणीय व्यवस्थाको गर्यो भनेर आरोप लगाउनु नै गलत भएको उनको तर्क थियो । उनले थपे,‘अहिले हाम्रो ठाउँमा एमाले–माओवादी केन्द्र हुन्थे भने राष्ट्रपतिले किन अध्यादेश स्विकृत नगरेको भनेर नारा र जुलुस निस्किन्थ्यो।’महतले हिजो सरकारले अध्यादेश पेश गर्दा ताका दलहरुवीच सहमति खोज्नुहोस् भनेर किन नभनेको भन्दै प्रश्न समेत उठाए । उनले भने,‘राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नुहुँदैन, उहाँले अध्यादेश रोक्न मिल्दैन, हामी त भन्दैछौं कि राष्ट्रपति विवादमा आउनुहुँदैन्, उहाँले तत्काल विद्येयक स्विकृत गर्नुपर्छ, हामी बडो विनम्रसँग अनुरोध गर्दैछौं।’उनले आफूहरुलाई सरकारमा बसिरहने रहर नै नभएको जिकिर गरे । उनले भने,‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि हामी सरकार छाड्छौं, संविधानलाई लत्याएर देश चल्छ ?’ उनले अहिले प्रधानमन्त्री देउवाले राजिनामा नदिने जिकिर गर्दै भने,‘उहाँले अहिले सरकार छोड्दैछोड्नुहुन्न।’उनले राष्ट्रपतिले जित उक्त अध्यादेश रोक्यो उति नै मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने बताए । महतले थपे,‘यो अध्यादेश लैजाँदै गर्दा माओवादी केन्द्र जो अहिलेपनि सरकारमै छ, उहाँहरुको असहमति थिएन्, यसबारेमा माओवादी केन्द्रको नेतृत्वले स्पष्ट दृष्टिकोण दिनुपर्छ।’उनले वाम गठबन्धनले ५ वर्ष होईन ५० वर्ष शासन गर्छु भनेको उल्लेख गर्दै भने,‘सक्नेसम्म चलाए हुन्छ, उहाँहरुले ५० वर्ष त के ? पाँच वर्षपनि चलाउन सक्दैनन्, कांग्रेस कुनै दलभन्दा कमजोर छैन।’पार्टी सभापतिलाई हटाउँछु भनेर केही युवा नेताहरुले अभिव्यक्ति दिएका छन् नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले थपे,‘कसैले टिप्पणी गर्दै हिँडेर हुन्छ त ? सस्तो लोकप्रियताको पछि लाग्नुहुँदैन्, पार्टीका बारेमा कुरा राख्ने आफ्नै फोरम छ, हामी कमजोर छैनौं, अब पार्टीलाई आधुनिक शैलीमा अघि बढाउनुपर्छ, यसबारेमा केन्द्रिय कार्य समितिमा बृहत्त छलफल हुन्छ।’उनले पार्टी सभापतिको विकल्प खोज्छौं भनेर हिँड्नु उत्ताउलो टिप्पणी भएको स्पष्ट पारे । उनले भने,‘जसले जे भनेपनि अब आधारसहित प्रस्तुत हुनुपर्छ, एक अर्कालाई दोषारोपण गरेर हुँदैन्, तर्कको वजन हेरेर विश्लेषण हुन्छ, सामूहिक रुपमा छलफल गर्नुपर्छ।’

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार ११:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा भाँडभैलो भएको छ । अध्यक्ष नै बार्गेनिङमा संलग्न रहेको आरोप खेपिरहेकी छिन्

पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताएका

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन । मुख्यमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय कोटेश्वरमा बसेको

ताजा समाचार

बजेटको अर्धवार्षिक समीक्षाको तयारी
 २०७९,माघ,१३,शुक्रवार १७:०६