वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटा अस्वस्थ, बेलायतमा उपचार हुँदै

काठमाडौैं, ६ पुस । वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् स्वास्थ्य समस्यापछि उनी लण्डनस्थित एक अस्पतालमा उपचारका लागि भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ केही समयअघि मात्र पित्तथैलीमा पत्थरी देखिएको र थप पीडा महसुस भएपछि दुई साताअघि उपचारका लागि डा.देवकोटा बेलायत प्रस्थान गरेका थिए न्युरो सर्जन डा.देवकोटा नेपाल र नेपालबाहिर समेत निकै चर्चित रहेका छन् । उनले हालसम्म करिब ३० हजार मानिसको टाउको र नसा सम्बन्धी रोगको सफल शल्यक्रिया गरिसकेका छन् भने १० लाख भन्दा बढी बिरामी जाँच गरेका छन् लामो समय मुलुककै जेठो वीर अस्पतालमा काम गरेका डा.देवकोटा हाल बाँसबारीमा न्युरो अस्पताल सञ्चालन गर्दै आएका छन् । २०५९ पनि तत्कालीन राजा ज्ञानेन्द्रको नेतृत्वमा बनेको मन्त्रिपरिषदमा उनी स्वास्थ्यमन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?