उत्तर र दक्षिण कोरियाका सैनिकबीच दोहोरो गोली हानाहान

सोल, ६ पुस । उत्तर कोरिया र दक्षिण कोरियाका सैनिकबीच दोहोरो गोली हानाहानको घटना भएको छ एक जना उत्तर कोरियाली भगौडा सैनिकका कारण दुई कोरियाको उच्च सुरक्षा व्यवस्था भएको स्थल सीमा क्षेत्रमा दुवै देशका फौजले गोली प्रहार गरेको बताइएको छ कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा तनाव बढिरहेका बेला यो घटना बाहिर आएको हो । एक महिनाको बिचमा कोरियाली सीमा क्षेत्रमा भएको यो दोस्रो घटना हो गत महिना सीमा क्षेत्रबाट भागेका एक उत्तर कोरियाली सैनिकलाई आफ्नै साथीहरुले गोली हान्दा उनी गम्भिर घाइते भएर दक्षिण कोरिया पुगेका थिए स्थानीय समयअनुसार बिहान ८ बजे बाक्लो हुस्सु लागेको समयमा भएको घटनामा ती उत्तर कोरियाली सैनिक सीमा क्षेत्रको मध्य भाग नाघेर गएका थिए त्यसलगत्तै उत्तर कोरियाली फौजहरु भगौडा सैनिक खोज्दै उत्तर र दक्षिण कोरिया छुट्याउने सीमा रेखा नजिकैको क्षेत्रमा आएका थिए त्यसको जवाफमा दक्षिण कोरियाली सुरक्षाकर्मीले चेतावनी स्वरुप २० पटक गोली चलाएको दक्षिण कोरीयाली अधिकारीहरुले जनाएका छन् । त्यसलगत्तै उत्तर कोरियाली सेनाले पनि गोली चलाएको थियो ती भगौडा सैनिकलाई दक्षिण कोरियाली अधिकारीहरुले सोधपुछ गरिरहेका छन । उत्तर र दक्षिण कोरियाको सो सीमा क्षेत्र विश्वकै सबैभन्दा कडा सुरक्षा व्यवस्था भएको सीमा क्षेत्र मानिन्छ दक्षिण कोरियाले यो वर्ष ४ सैनिक सहित १५ जना उत्तर कोरियाली देशबाट भागेर दक्षिण कोरिया आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?