घटेन किशोरी आमाको संख्या, पाँच महिनामा ८६७ जनाले लिए प्रसुती सेवा

गगन अयडीकैलाली, ६ पुस । कैलालीमा किशोरी आमाको संख्या अझै घट्न नसकेको देखिएको छ । २० वर्ष नपुग्दै विवाह गर्ने र तत्कालै बच्चा जन्माउने गरेका कारण किशोरी आमाको संख्या उल्लेख्य मात्रामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ कलिलै उमेरमा बच्चा जन्माउँदा उनीहरुको ज्यानसमेत जोखिममा पर्ने सम्भावना धेरै हुन्छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्रै ८ सय ६७ जना किशोरी आमाले कैलालीबाट प्रसुति सेवा लिएको तथ्यांक छ पछिल्लो समय भागेर विवाह गर्ने प्रचलन बढेसँगै बालविवाह पनि बढेकाले किशोरी आमाको संख्यामा थप वृद्धि भएको हो । विगतका वर्षहरुमा घरपरिवारको दबावमा बालविवाहको प्रचलन रहेको भएपनि अहिले किशोरीहरु आफैं पनि भागेर विवाह गर्ने प्रचलन बढ्दो मात्रामा रहेको छ विगतको तुलनामा किशोरी आमाहरुको संख्या केही घटेपनि सन्तोषजनक सुधार नभएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका पब्लिक हेल्थ नर्स तारा तामाङले बताइन् । तथ्यांक अनुसार शिक्षित किशोरीहरु समेत किशोरावस्थामा नै आमा बनेको पाइएको तामाङले उल्लेख गरिन् जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै प्रसुति सेवा लिएका ४ हजार ९ सय १३ जना महिलामध्ये ८ सय ६७ जना किशोरी रहेका छन् गत वर्ष जिल्लामा विभिन्न स्वास्थ्य संस्थाबाट प्रसुति सेवा लिएका १६ हजार ६ सय ५३ जनामध्ये २ हजार ९ सय १३ जना किशोरी थिए कार्यालयको तथ्याङले केही मात्रामा किशोरी आमाको संख्या कम देखाए पनि बालविवाह गर्नेको संख्यामा कमी नआएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी मोहनदेव भट्टले बताए अझै कतिपय किशोरीहरु लाजका कारण स्वास्थ्य संस्थाहरुमा गर्भ परीक्षणका लागि नआउने गरेको पाइएको छ । यसले गर्दा उनीहरुको ज्यान झनै जोखिममा पर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउछन् बालविवाह अन्त्यका लागि विगत लामो समयदेखि जिल्लामा विभिन्न कार्यक्रम भइरहेपनि बालविवाहमा अपेक्षित रुपमा कमी आउन सकेको छैन । बालविवाहकै कारण चाडै आमा बन्ने र ज्यान जोखिममा पर्नुका साथै घरेलु हिंसाको समेत शिकार हुने सम्भावना रहने महिला अधिकारकर्मी विनु रानाको भनाई छ जिल्लामा उपचार गरिएका जटिल प्रकारका उपचार गराउनेमध्ये अधिकांश २० वर्ष नपुग्दै बच्चा जन्माउने किशोरी आमा रहेको देखिन्छ । किशोरावस्थामै बच्चा जन्माउँदा शिशु मृत्युदरसमेत घट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?