सरकार गठनमा संवैधानिक जटिलता छैन : ओली

काठमाडौं, ६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका लागि कुनै कानुनी र संवैधानिक जटिलता नरहेको जनाएका छन् बालकोटस्थित निवासमा सञ्चारकर्मीसँगको कुरानकाीमा उनले भने, ‘नयाँ सरकार गठनमा कुनै संवैधानिक जटिलता छैन र आफ्नो प्रक्रियाबाट अघि बढ्छ, सरकार गठन प्रतिनिधिसभाको स्वतन्त्र विजनेश हो ।’प्रतिनिधिसभाको समानुपातिक तर्फको परिणाम घोषणा भएर सिट बाँडफाँड भएपछि राष्ट्रपतिले सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाई थियो एक अर्को प्रसंगमा उनले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?