एक्सपोमा छुटको नाममा यसरी चल्दैछ लुट, अधिकांशमा ‘मेनिफेक्चर डिफेक्ट’

दिनेश खड्काविराटनगर, ६ पुस । नेपाली जुत्ता घरले विराटनगरमा आयोजना गरेको फुटवेर एक्सपोमा छुटको नाममा लुटको धन्दा चलिरहेको पाइएको छ मेलामा ७५ प्रतिशतसम्म जुत्तामा छुट पाउने भनिएपनि कुनैपनि स्टलमा २० प्रतिशत भन्दा वढी छुट दिईएको पाईएको छैन फुटवेयर मेलामा सोरुम सरहको मूल्य लिएरहेको जुत्ता खरिद गर्न आएका उपभोक्ताको प्रतिक्रिया छ विषेश छुटको भड्किलो प्रचार सहित विराटनगरमा भईरहेको मेलामा छुट पनि नपाइएको र मेनुफेक्चर डिफेक्ट अर्थात बेच्न अयोग्य जुत्ता बिक्री गरिरहेको उपोभोक्ताको गुनासो छ मेलामा जुता खरिद गर्ने आएका विराटनगर ३ निवासी सन्तोष खरेलले मेला आयोजकले नेपाली उपोभक्तालाई विषेश छुट दिने भन्दै भ्रममा पारेको आरोप लगाए । उनले भने, ‘विज्ञापनमा ७५ प्रतिशतसम्म छुट भनेको सुनेर जुत्ता किन्न आयौं, यहाँ आएर हेर्दा त १० देखि २० प्रतिशत भन्दा बढी छुट नभएको पायौं, र जुत्ता पनि गुणस्थितरहीन, कुहिएको, च्यातिएका पायौं ।’मेलमा राखिएका अधिकांश जु्त्तामा ‘मेनिफेक्चर डिफेक्ट’मेनिफेक्चर डिफेक्ट भन्नाले कुनै पनि वस्तु बनाउदा त्रुटी भएपछि कम्पनीले बेच्न अयोग्य रहेको उत्पादन हो । विराटनगरमा आयोजित फुटवेर एक्सपोमा यस्तै जुत्ता तथा चप्पल विक्री वितरण भईरहेको पाईएको छ मेलाका स्टलहरुमा विग्रिएको, च्यातिएको, सुलको पेस्टिङ उप्किएका जुत्ता प्रशस्तै पाइएका छन् । मेलामा जुत्ता हेर्न क्रममा उपोभक्ताहरुले छुटको नाममा विग्रिएका जुत्ता सल्टाउने काम भईरहेको गुनासो पनि गरेका छन् मेलमा जुत्ता किन्न आएका अर्का उपभोक्ता विराटनगर २ निवासी रुपेश कामतले सस्तोको नाममा जुत्ता कम्पनीले ठग्ने काम गरिरहेको आरोप लगाए । कामतले भने, ‘सस्तोको नाममा विग्रिएको जुत्ता सल्टाउने काम भईरहेको छ, २० प्रतिशतसम्म छुट भनिएको जुत्तामा केहि न केहि डिफेक्ट भेटिएकै छ, बरु वढी मूल्य तिर्छौ तर सस्तोको नाममा कुहिएको जुत्ता लगाउदैनौं ।’‘ठगी गर्नेलाई कारवाही हुन्छ’फुटवेर एक्सपोमा ठगी धन्दा भईरहेको आम उपोभक्ताको गुनासो बढेसँगै विराटनगरस्थित उद्योग वाणिज्य कार्यलयले ध्यानाकर्षण भएको जनाएको छ । तथ्य सत्य पत्ता लागाउन निरीक्षण टोलीका साथ मेलामा जाने तयारी गरिरहेको कार्यलयका सुचाना अधिकारी वासुदेव कुवरले बताए कुँवरले भने, ‘मेलामा ठगी भईरहेको गुनासो आएको छ र के भएको हो भन्ने विषयमा पत्ता लगाउन अनुगमन टोली पठाउँछौं । यदि उपोभोक्ताले गुनासो गरे अनुसार पाईयो भने मेलाका आयोजकलाई कानुन संवत कारवही हुन्छ ।’एक महिना सम्म रहने गरी पुष ५ गतेबाट सुरु भएको जुत्ता चप्पल मेलामा उपोभोक्ता भिड आयोजकले अपेक्षित मात्रमा देखिदैन् । उद्घाटन देखि नै ठगी र कमसल जुत्ता विक्री भईरहेको विवादमा तानिएको मेलामा उपभोक्ताको जुत्ता चप्पल खरिद गर्ने रुचि घटिरहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?