तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु

पोखरा, ६ पुस । पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा सभागृहमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु गरिएको छ तीन दिनसम्म चल्ने सो महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा फिल्म प्रदर्शन गरिने महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिनुभयो । महोत्सवमा सहभागिता जनाउन सयभन्दा बढी देशका ९०० चलचित्रको आवेदन परे पनि ४३ वटा मात्र प्रदर्शनीका लागि छनोट गरिएको बताइएको छ महोत्सवमा वृत्तचित्र, लघु चलचित्र, कलानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेशन चलचित्र समेटिएका छन् । समाजमा सकारात्मक सन्देश दिने चलचित्रलाई मात्र महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा २६ नेपाली र १७ विदेशी चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा पोखराका दुईवटा चलचित्र पनि समावेश गरिएको छ । महोत्सवको पहिलो दिनमा १०, दोस्रो दिन २० र तेस्रो दिन १३ चलचित्र प्रदर्शन गरिने कार्यक्रम छ महोत्सवको पहिलो दिन आज बेलुकी ६ बजे लेकसाइडको बाराहीचोक तथा दोस्रो दिन रामबजारको राममन्दिरचोकमा समेत चलचित्र प्रदर्शन गरिनेछ । हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको संवद्र्धन र प्रवद्र्धनमा चलचित्रमार्पmत जनचेता अभिवृद्धि गर्ने महोत्सवको लक्ष्य रहेको छ । महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा लेखनाथ महानगरपालिकाले पनि सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?