२६ माघ २०७९, बिहीवार

तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु

२०७४,पुष,६,बिहीवार ०८:४४

0
Shares

पोखरा, ६ पुस । पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा सभागृहमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु गरिएको छ तीन दिनसम्म चल्ने सो महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा फिल्म प्रदर्शन गरिने महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिनुभयो । महोत्सवमा सहभागिता जनाउन सयभन्दा बढी देशका ९०० चलचित्रको आवेदन परे पनि ४३ वटा मात्र प्रदर्शनीका लागि छनोट गरिएको बताइएको छ महोत्सवमा वृत्तचित्र, लघु चलचित्र, कलानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेशन चलचित्र समेटिएका छन् । समाजमा सकारात्मक सन्देश दिने चलचित्रलाई मात्र महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा २६ नेपाली र १७ विदेशी चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा पोखराका दुईवटा चलचित्र पनि समावेश गरिएको छ । महोत्सवको पहिलो दिनमा १०, दोस्रो दिन २० र तेस्रो दिन १३ चलचित्र प्रदर्शन गरिने कार्यक्रम छ महोत्सवको पहिलो दिन आज बेलुकी ६ बजे लेकसाइडको बाराहीचोक तथा दोस्रो दिन रामबजारको राममन्दिरचोकमा समेत चलचित्र प्रदर्शन गरिनेछ । हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको संवद्र्धन र प्रवद्र्धनमा चलचित्रमार्पmत जनचेता अभिवृद्धि गर्ने महोत्सवको लक्ष्य रहेको छ । महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा लेखनाथ महानगरपालिकाले पनि सहयोग गरेको छ ।

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार ०८:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अभिनेता नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार संयोजक पदबाट राजीनामा दिएका छन् । आफूले बुधबार राजीनामा दिएको शाहले लोकपथलाई जानकरी

काठमाडौं । चर्चित गायिका मेलिना राई र सुदिप लामाको आवाजमा ‘मीठो साथ’ सार्वजनिक भएको छ । उमेश राउतको शब्द र

आफ्नो बुलन्द स्वरले संगीत प्रेमीहरुको मन जित्ने गजल सम्राट जगजीत सिंहको आज जन्मजयन्ती हो । जगजीत सिंहले आफ्नो करियरमा आफ्नो

काठमाडौं । तीन वर्षको डेटिङपछि, बलिउडको सबैभन्दा चर्चित ‘शेर शाह’ जोडी अन्ततः आज विवाह बन्धनमा बाँधिएका छन् । राजस्थानको जैसलमेरस्थित

ताजा समाचार

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
 २०७९,माघ,२६,बिहीवार १४:२७
भारतीय बजारका कारण मारमा उपभोक्ता
 २०७९,माघ,२६,बिहीवार १४:१४
वायु प्रदूषणको जोखिममा पोखरा
 २०७९,माघ,२६,बिहीवार १४:०१