२१ जेष्ठ २०८०, आईतवार

अपडेटः नुवाकोट बस दुर्घटनामा मृत्यु हुनको संख्या ७ पुग्यो (नामावलीसहित)

२०७४,भाद्र,२४,शनिवार १५:५३

0
Shares

नुवाकोट, २४ भदौ — काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।बसका सहचालक तादी गापा सातबिसेका २८ वर्षीय नवराज विक, ठेगाना नखुलेका ५४ वर्षीय लालबहादुर तामाङ र ठेगाना नखुलेकी ३७ वर्षीया उजेली तामाङको उपचारका क्रममा बसुन्धरास्थित ग्रीनसिटी अस्पताल र तादी गापा रालुकाकी २२ वर्षीया सविना तामाङको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।साँघुरो र एकतर्फी सडकमा क्षमताभन्दा बढी यात्रु बोकेको र स्टेयरिङ नमोडिएर दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनालगत्तै बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार १५:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१