२४ माघ २०७९, मंगलवार

प्रधानमन्त्री देउवा–महासंघ प्रतिनिधिमण्डल भेट

२०७४,पुष,६,बिहीवार ०८:१४

0
Shares

काठमाडौँ, ६ पुस- प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सफल भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आभार व्यक्त गरेको छ महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले विहिवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवाप्रति आभार व्यक्त गर्दै उनलाई विशेष धन्यवाद दिएको हो । विषम परिस्थितिमा पनि देउवाको कुशल नेतृत्वमा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै नेपालको सविधान २०७२ पूर्णरुपमा कार्यान्वयन भएको महासंघ अध्यक्ष श्रेष्ठले बताए । अब मुलुकमा राजनीतिक स्थिरता कायम भई तीव्र रुपमा आर्थिक उन्नति हुने विश्वास महासंघले लिएको अध्यक्ष श्रेष्ठले बताए प्रधानमन्त्री देउवाले पनि आफ्नो जिम्मेवारीको उच्च मूल्यांकन गरिदिएकोमा महासंघ प्रतिनिधिमण्डललाई धन्यवाद दिए। प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष रुद्र शर्मा, महासचिव रामशरण देउजा, उपमहासचिव सूर्यप्रसाद तिमिल्सना, महासंघ सचिवालयका कायम मुकायम प्रमुख प्रेमसिंह ऐर, लोकतान्त्रिक निर्माण व्यवसायी महासंघका अध्यक्ष हुमनाथ कोइराला, नेपाल हेभि ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर, महासंघ कार्य समिति सदस्य टंक चौलागाई, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायत सहभागी थिए ।

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार ०८:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी। सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री राजेन्दसिंह रावलले बुधबार मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (२)

काठमाडौं । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल निर्माण

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । उद्योग, वन तथा पर्यटन मन्त्रालय आफूले पाउने

ताजा समाचार

दुई सचिवको जिम्मेवारी हेरफेर
 २०७९,माघ,२३,सोमवार २०:०८