अधिनायकवादी व्यवस्थाको खतरा बढ्यो: विमलेन्द्र निधि

धनुषा– नेपाली काग्रेसका नेता एवम् पूर्व मन्त्री विमलेन्द्र निधिले मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढेर गएको दावी गरेका छन् नेता निधिले निर्वाचनपछि मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढेर गएको बताएका हुन् उनले कम्युनिष्ट साम्यवादीहरु प्रजातन्त्रवादी हुनै नसक्ने तर्क समेत गरे । बामपन्थी गठबन्धनले दुई तिहाई बहुमतका साथ सरकार गठन गर्ने तयारी गरिरहेका बेला काँग्रेस नेता निधिले कम्युनिष्टहरु अधिनायकवादी तानाशाही हुने भन्दै त्यसबाट सचेत रहनुपर्नेमा पनि जोड दिए विहिबार जनकपुरमा आयोजित रामनारायण मिश्रको स्मृति सभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि बाम गठबन्धनको गतिविधि अधिनायकवादतर्फ उन्मुख हुने खालको रहेको दावी समेत गरे । काँग्रेस नेता निधिले लोकतन्त्रमाथि आईपर्ने खतराको डटेर मुकाविला गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?