९ जेष्ठ २०७९, सोमवार

वृद्धवृद्धाको उपचारका लागि चिकित्सकद्वारा अक्षयकोष स्थापना

२०७४,पुष,६,बिहीवार ०७:४६

0
Shares

इलाम ६ पुस । माईभगवती वृद्धाश्रममा आश्रित वृद्धवृद्धाको औषधोपचारमा सहयोग गर्ने उदेश्यले ट्रस्ट स्थापना गरिएको छ ।

विगतका दिनमा इलाम बसेर सेवारत चिकित्सकद्वय हिमाल दाहाल र आशा कार्कीले आफ्नो आमा चेतकुमारी दाहालको स्मृतिमा चेतकुमारी दाहाल मेमोरियल ट्रस्टको स्थापना गरेका हुन् ।

आशा कार्कीको संयोजकत्वमा ट्रस्ट सञ्चालन समितिसमेत गठन भएको छ । संरक्षक संस्था महिला जागरण संघ इलाममा आयोजित कार्यक्रममा उपस्थित भएर डाक्टरद्वय दाहाल र कार्कीले वृद्धाश्रमका कोषाध्यक्ष कोमलकुमार निरौलालाई ट्रस्टमा कोष जम्मा गर्न रु दुई लाखको चेक हस्तान्तरण गरे ।

सो सँगै डाक्टर दम्पतीले यस वर्ष वृद्धवृद्धाका लागि नगद पाँच हजारसमेत निरौलालााई हस्तान्तरण गरे । दाताहरुको इच्छाबमोजिम नै सो रकम मुद्दति खातामा राखी प्राप्त ब्याजले आश्रममा आश्रित वृद्धवृद्धाको उपचारका लागि रकम खर्च गरिने निरौलाले बताए ।

डाक्टर दम्पतीले ग्रिन भ्याली एकेडेमी स्कुलमा पनि आफ्नो छोरी आर्या दाहालको स्मृतिमा विगत ५ वर्षदेखि यस्तै कोष स्थापना गरी एलकेजीमा प्रथम हुने छात्रछात्रालाई पुरस्कृत गर्दै आएका छन् ।

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार ०७:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दम एक गम्भीर श्वासप्रश्वास रोग हो। यो रोगका कारण कतिपय अवस्थामा सास फेर्न गाह्रो हुन्छ । यदि समयमा

काठमाडौं । आयुर्वेददेखि चिकित्सा विज्ञानसम्म हरेक तहमा बिहान सबेरै उठ्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताइन्छ । हामीले बाँच्ने तरिका, के

काठमाडौं । तौल बढ्नु अहिलेको समयको सबैभन्दा गम्भीर स्वास्थ्य समस्या हो । अनुसन्धानका अनुसार अधिक तौल भएका व्यक्तिहरूमा हृदय रोग,

काठमाडौं । शरीरलाई राम्रोसँग काम गर्न दिनहुँ विभिन्न प्रकारका पोषक तत्वहरू चाहिन्छ। सामान्यतया, प्रोटिन, भिटामिन सी-डीजस्ता पोषक तत्वहरूको आवश्यकतालाई बुझेर

ताजा समाचार