अभिनेत्री जल शाहकी आमा प्रेमा शाहको निधन

काठमाडौं, ६ पुस । नेपाली चलचित्रकी अभिनेत्री जल शाहकी आमा प्रेमा शाहको निधन भएको छ अमेरिकामा बस्दै आएकी साहित्यकार प्रेमा शाहको निधन भएको हो । साहित्यकार शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउण्टेन हस्पिटलमा आज निधन भएको हो शाहका कथा संग्रहहरु पहेँलो गुलाब, विषयान्तर, प्रकाशित छन् । ‘मम्मी’ उपन्यास शाहको एकल हो भने संयुक्त लेखन रहेको ‘आकाश विभाजित छ’ का लागि पनि उनले कलम चलाएकी थिइन् उनले लेखेका प्रायः साहित्यमा यौन विद्रोह र मनोविज्ञान प्रमुख रुपमा आएको हुन्छ । नारी सचेतना र विसंगत पक्षलाई पनि उनले आफ्नो कथामार्फत उजागर गरेकी छिन् त्यस्तै, शाह बाल साहित्यमा पनि उत्तिकै सक्रिय थिइन् । उनले वि.सं. २०४५ सालको ‘मैनाली कथा पुरस्कार’ समेत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?