जेरुसेलम मुद्दामा विश्वबाट एक्लिएका ट्रम्पले दिए यस्तो धम्की

वासिंगटन, ६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघमा जेरुजेसमललाई इजरायलको राजधानी मान्न अस्वीकार गर्ने देशलाई आर्थिक सहयोग नदिने धम्की दिएका छन् यही डिसेम्बरको पहिलो साता विवादित जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने घोषणा गरेपछि उनको विश्वभरबाट आलोचना भइरहेको छ भने ५७ वटा मुस्लिम राष्ट्रले त्यसलाई अस्वीकार गर्दै पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको मान्यता दिनुपर्ने अडान राखेका छन् ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले अमेरिकासँग अरबौं डलर लिएर अमेरिकाकै विरुद्धमा मतदान गर्न नमिल्ने भन्दै आर्थिक सहयोग रोक्ने धम्की दिएका हुन् । उनले भने, ‘उनीहरुलाई हाम्रा विरुद्ध मतदान गर्न दिउँ, हामी ठूलो बचत गछौं, हामीलाई यसले कुनै फरक पार्दैन ।’राष्ट्रपति ट्रम्पले इजरायलको राजधानीका रुपमा जेरुसेलमलाई मान्यता दिएको विरोधमा आएको प्रस्तावमा मतदान गर्नुअघि यस्तो भनाई सार्वजनिक गरेका हुन् प्रस्तावको मस्यौदामा अमेरिकाको नाम उल्लेख नगरीकन जेरुसेलमबारे लिइएको कुनै पनि निर्णय रद्द हुनुपर्ने उल्लेख गरिएको छ जेरुसेलम सहरलाई लिएर इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि विवाद रहँदै आएको छ । संसारकै सबैभन्दा पवित्र स्थानमध्ये एक मानिने जेरुसेलममाथि दुवै देशको बराबर दाबी रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?