वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन, आजै अन्त्येष्टि गरिने

काठमाडौं, ६ पुस । वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन भएको छ नेपालकै पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’ का संगीतकार शर्माको बिहीबार बिहान निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित रहेका थिए उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि दिउँसो १ बजेसम्म पशुपति आर्यघाटमा राखिनेछ शर्माले चलचित्र कुमारीमा शिवशंकर मानन्धरसँग संयुक्त संगीत दिएका थिए यसैगरी लक्ष्मण लोहनीको शब्द र नारायण गोपालको स्वरमा रहेको ‘म मरे पनि मलाई मेरो देशको माया छ’, सुदेशराज शर्माका स्वरमा रहेको ‘हामी नदीका दुई किनारा हाम्रो संगम असम्भव छ’ बोलको गीत पनि चन्द्रराज शर्माकै संगीतमा रहेको छ ‘श्री स्वस्थानी र ‘महाकवि देवकोटा’ मा उनले संगीत निर्देशन गरेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा गीति नाटक ‘मुनामदन’मा पनि उनले संगीत दिएका थिए उनको संगीतमा माणिकरत्न, तारादेवी, तोरणमुनि बज्राचार्य, सुदेशराज शर्मा आदिले स्वर दिएका छन् । उनले पछिल्लो पटक महाकवि देवकोटाको गीति नाटक कुञ्जिनीमा पनि संगीत दिएका थिए सुनौला घाम झुल्केन, आँखाहरुले रुन नखोजे (कुमारी), चपला अबला एक सूरमा (भानुभक्त), मेरो माल मलाई फर्काइदे बाबु (जीवनज्योति), ए मेरी मुना नभन तेसो जुनमा फुलेकी (मुनामदन), तिम्रो आकाशमा जून (मीरा राणा), तिमी आफूलाई (माणिकरत्न), मोतिका दाना (सुदेश शर्मा र संगीता राणा प्रधान) लगायत उनका चर्चित गीत हुन् । शर्माका दुई छोरा र एक श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?