चेल्सी र ब्रिस्टोल सिटी सेमिफाइनलमा, म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं, ६ पुस । चेल्सी र ब्रिस्टोल सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् बुधबारराति भएको खेलमा बर्नमाउथलाई हराउँदै चेल्सी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको हो घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा विलियन र अल्बर्टो मोराटाले एक एक गोल गरे भने बर्नमाउथका लागि डान गोस्लिङले एक गोल फर्काएका थिए । चेल्सीले अब फाइनलमा पुग्नका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ यस्तै बुधबाररातिकै अर्को खेलमा प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ब्रिस्टोलको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड २–१ गोलले स्तब्ध भएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्रिस्टोलले ५१ औं मिनेटमा अग्रता लियो त्यसपछि म्यानचेस्टर युनाइटेडले बराबरी गोल फर्काएको थियो । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा ब्रिस्टोल सिटीले गोल गर्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । उसले अब फाइनल प्रवेशका लागि म्यान्चेस्टर सिटीको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?