१३ माघ २०७९, शुक्रवार

मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी

२०७४,पुष,६,बिहीवार ०५:२०

0
Shares

बेनी, म्याग्दी, ६ पुस – म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ । म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको पाइपमार्फत पानी पु¥याएका हुन । मोबाइलबाट सिँचाइको इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २५० मिटर वरपरबाट अन गरेको पाँच सेकेण्डमै २५० मिटरको दूरीमा रहेको खवराको लब्लीहिलमा पानी खसेको हो । धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दीमा मोबाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ति बन्द र खुल्ला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताए । बेनी नगरपालिका–७ हुलाकचोकका खत्री इलेक्टोनिक्स सेन्टरका सञ्चालक समेत हुन । यसअघि खत्रीले लिफ्ट प्रविधिको सिँचाइ आयोजना सञ्चालन गरिएको म्याग्दी नदीको मंगलाघाट क्षेत्रवाट करिब १५० मिटर दूरीमा रहेको आफ्नो घरबाटै पनि सिँचाइको मेनस्विच अन र अफ गरेका थिए । जिल्लामा इलेक्टोनिक्स र प्रविधिको प्रयोगमा अब्बल रहेका खत्रीले नेपालमै एप्सको प्रयोगबाट सिँचाइलाई कन्ट्रोल गर्ने निकै कम रहेको दाबीसमेत गरे । एप्सको एकपटक अन र अफ गर्न करिब रु चार खर्च हुने उनले बताए ।

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार ०५:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लंघन गरेको अभियोगमा सिरहा नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई रु

पाटन । भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने इँटाको सट्टा हलो ब्रिक (प्लाल भएको इँटा) आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री

काठमाडौं । सञ्चारमाध्यमको दर्ता, नवीकरण तथा सूचिकरणमा एकीकृत प्रणाली अपनाइने विषयमा छलफल भएको छ । प्रेस काउन्सिल नेपालले आज यहाँ

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन

ताजा समाचार

बजेटको अर्धवार्षिक समीक्षाको तयारी
 २०७९,माघ,१३,शुक्रवार १७:०६