२ जेष्ठ २०७९, सोमवार

चेल्सी र ब्रिस्टोल सिटी सेमिफाइनलमा, म्यानचेस्टर युनाइटेड पराजित

२०७४,पुष,६,बिहीवार ०५:२३

0
Shares

काठमाडौं, ६ पुस । चेल्सी र ब्रिस्टोल सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् बुधबारराति भएको खेलमा बर्नमाउथलाई हराउँदै चेल्सी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको हो घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा विलियन र अल्बर्टो मोराटाले एक एक गोल गरे भने बर्नमाउथका लागि डान गोस्लिङले एक गोल फर्काएका थिए । चेल्सीले अब फाइनलमा पुग्नका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ यस्तै बुधबाररातिकै अर्को खेलमा प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ब्रिस्टोलको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड २–१ गोलले स्तब्ध भएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्रिस्टोलले ५१ औं मिनेटमा अग्रता लियो त्यसपछि म्यानचेस्टर युनाइटेडले बराबरी गोल फर्काएको थियो । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा ब्रिस्टोल सिटीले गोल गर्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । उसले अब फाइनल प्रवेशका लागि म्यान्चेस्टर सिटीको सामना गर्नेछ ।

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार ०५:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तान राष्ट्रिय टिमबीच हुने भनिएको मैत्रीपूर्ण खेल अनिश्चित बनेको छ । अखिल नेपाल

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य तथा गोलरक्षक अभिषेक बराल कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन् ।

काठमाडौं । टर्कीको ईस्तानबुलमा जारी आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको नेपालकी पुनम रावल पराजित भएकी छन् । महिला ५७–६० केजी

काठमाडौं । प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट–१ मा दुई रजत पदक जितेकी छिन् । कतारको

ताजा समाचार