प्रिमियम इन्स्योरेन्स कम्पनीले पुस १६ देखि एफपोओ खुला गर्ने

काठमाडौं, ६ पुस । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पुस १६ गतेदेखि थप निष्कासन (एफपोओ) खुला गर्ने भएको छ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ गर्न थालेको हो । त्यस्तै प्रिमियम मूल्य ६९९ र अंकित मूल्य १ सय थप गरी एफपीओ निष्कासन गर्ने भएको छ यसैगरी, इन्स्योरेन्स कम्पनीले चुक्तापुँजी बढायन प्रिमियम मूल्यमा रु ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सेयर मूल्य १ हजार ५ सय ३५ रहेको छ । एफपीओबाट कम्पनीमा रु ५२ करोड ६९ लाख ९२ हजार थप हुने छ एफपीओ निष्कासनपछि इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी ५१ करोड ४४ लाख पुग्ने छ भने, दरखास्त दिन पाउने न्यूनतम सेयर संख्या १० वा बढीमा ३ हजार २ सय ९० कित्ता रहेको छ एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । दरखास्त दिन पाउने न्युनतम सेयर संख्या १० र बढीमा ३ हजार २९० कित्ता रहेको छ । एफपीओ निष्कासन कम्पनीको सेयर देशभर ३८ स्थानबाट भर्न पाइने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?