१३ मङ्सिर २०८०, बुधबार

देशको अस्तित्व जोगाउन किसानको गोगदान महत्वपूर्ण ः प्रधानमन्त्री देउवा

२०७४,भाद्र,२४,शनिवार १५:१६

0
Shares

ललितपुर, २४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको अस्तित्व बचाइराख्न किसान वर्गको महत्वपूर्ण योगदान रहेको बताएका छन ।ज्यापु समाज ललितपुरको आज २४ औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशको गरिमालाई उच्च बनाइराख्न आम नेपालीको योगदान अतुलनीय रहेको बताए । किसान वर्गलाई समेटेर आफ्नो पहिचानलाई सधैँ बचाउन समाजको ठूलो भूमिका रहेको प्रधानमन्त्री देउवाको भनाई थियो ।ललितपुरको कला, धर्म र संस्कृतिलाई जोगाइराख्न पाटनवासीले अतुलनीयरुपमा काम गरेकोेमा प्रधानमन्त्रीले प्रशंसा गरे ।सो अवसरमा समाजको भवनमा अवस्थित संग्रहालयको प्रधानमन्त्री देउवाले अवलोकन गरेका थिए ।समाजका अध्यक्ष प्रेम महर्जनले नेवारी समुदायको हकहित र अधिकारका पक्षमा सधैँ लडिरहने बताए । परम्परादेखि नेवार समुदायले मान्दै आएको कलासंस्कृतिको संरक्षण र जगेर्ना गर्नु समाजको कर्तव्य रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार १५:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८