१० जेष्ठ २०७९, मंगलवार

घर सुधार गराएर अनुदान दिन हात्तीपाइले पीडितको माग

२०७४,पुष,६,बिहीवार ०४:००

0
Shares

धादिङ, ६ पुस । हात्तीपाइले लागेर समस्यामा परेका गाउँवासीले गाउँमा प्राविधिक नआएकाले आफूहरुले सरकारले तोकेको १७ मोडेलको घर सुधार गरेर भएपनि अनुदान दिन माग गरेका छन् इन्सेक र गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँवासीले भूकम्प प्रभावितका बनेका घरको सबै घरको रकम दिन माग गरेका हुन् त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित गाउँबस्ती अधिकांश कुमाल र दराइको बस्ती रहेका छन् । हात्तीपाइले प्रभावित गाउँ भएकाले उनीहरुले प्रविधिको अभावमा निर्माण गरेका घरको पनि सरकारले दिने अनुदान रकम उपलब्ध गराउन गाउँवासीले माग गरेका छन् जिल्लामै सबैभन्दा कम दोस्रो किस्ता पाउने गाउँका रुपमा रहेको यस वडाका ८८४ लाभग्राही रहेका थिए । ८५४ जनाले पहिलो किस्ता रकम पाएकोमा ३४ जनाले मात्र दोस्रो किस्ताको रकम पाएको त्रिपुरासुन्दरी गाउँपालिकामा कार्यरत पुनःनिर्माण प्राधिकरणका प्राविधिक इञ्जिनियर सुनिलकुमार श्रेष्ठले बताए छ गाउँवासीले निर्माण गरेका घर प्राविधिक रुपले नहुने भए सच्याउन र मिलाउन गाउँवासी तयार रहेको तर सबै घरलाई अनुदान दिन माग गर्दै आवश्यक प्रक्रिया पु¥याउन गाउँपालिकालाई समेत आग्रह गरेका थिए वडाध्यक्ष भोजबहादुर रिजाल र कृष्णबहादुर खत्रीले गाउँपालिका र वडाले प्राविधिकलाई परेको समस्या समाधान गर्न र नीतिसमेत बनाएर लागू गर्न तयार रहेको तर नागरिकले बनाएका सबै घरलाई अनुदान दिने गरी सिफारिश गर्न र प्राविधिकरुपमा नबनेका घरलाई सुधार गर्नसमेत तयार रहेको बताएका थिए गरिब गाउँवासी भएकाले गाउँपालिकाले सबै किसिमले सहयोग गर्ने बताउँदै गाउँपालिका अध्यक्ष शम्भु थापाले गाउँपालिकाले नियमानुसार निर्णयसमेत गरेर नीतिगत रुपमा समेत जनताको पक्षमा काम गर्ने बताए भूकम्प प्रभावित गाउँमा ५० को संख्यामा हात्तीपाइले भएकाको समस्या रहेको र उनीहरुले समेत घर बनाउन नसकेको अवस्थामा समस्यामाथि समस्या आएको दलबहादुर दरइले बताए दुवैखुट्टामा हात्तीपाइले भएर काम गर्नसमेत नसक्ने भएका लालबहादुर दरइ र सेती दरइले आफ्नो घर बनाउन प्राविधिकले कहिल्यै सल्लाह नदिएको तथा सडक क्षेत्रमा मात्र गएकाले आफ्नो गाउँमा प्राविधिक आउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार ०४:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दम एक गम्भीर श्वासप्रश्वास रोग हो। यो रोगका कारण कतिपय अवस्थामा सास फेर्न गाह्रो हुन्छ । यदि समयमा

काठमाडौं । आयुर्वेददेखि चिकित्सा विज्ञानसम्म हरेक तहमा बिहान सबेरै उठ्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताइन्छ । हामीले बाँच्ने तरिका, के

काठमाडौं । तौल बढ्नु अहिलेको समयको सबैभन्दा गम्भीर स्वास्थ्य समस्या हो । अनुसन्धानका अनुसार अधिक तौल भएका व्यक्तिहरूमा हृदय रोग,

काठमाडौं । शरीरलाई राम्रोसँग काम गर्न दिनहुँ विभिन्न प्रकारका पोषक तत्वहरू चाहिन्छ। सामान्यतया, प्रोटिन, भिटामिन सी-डीजस्ता पोषक तत्वहरूको आवश्यकतालाई बुझेर

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३