२ जेष्ठ २०७९, सोमवार

३० लाखको लागतमा आँबुखैरेनीमा फोहरमैला व्यवस्थापन केन्द्र संचालन

२०७४,पुष,६,बिहीवार ०३:५०

0
Shares

तनहुँ, ६ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिकाले रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ ल्याण्डफिल्ड साइट नहुँदा लामो समयदेखि फोहर व्यवस्थित गर्न नसकेको सो गाउँपालिकाले फोहरबाट मोहोर आम्दानी गर्ने उद्देश्यसहित फोहरलाई व्यवस्थित गर्न थालेको हो । रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्रको स्थापना गरी फोहर फाल्न थालिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए आँबुखैरेनी गाउँपालिका–३ को कुडुलेमा छ रोपनी जग्गा भाडामा लिई फोहर व्यवस्थित गर्न थालिएको हो, थापाले भने । वार्षिक रु ७२ हजार भाडा दिने गरी १० वर्षका लागि जग्गा लिइएको जानकारी दिए उक्त गाउँपालिकाको वडा नं १, २, ३ र ४ बजार क्षेत्रबाट दैनिक उठ्ने तीन ट्रक फोहर सो केन्द्रमा लगी फाल्ने गरिएको गाउँपालिकाकी कार्यकारी अधिकृत दुर्गा थापाले बताए । फोहरलाई मोहोर बनाउने उद्देश्य लिइएको उनले बताए कुहिने फोहरबाट प्रांगारिक मल बनाउने र नकुहिने फोहर शिशा, प्लाष्टिक, प्लाष्टिकका बोतल पुनःप्रयोग गर्न सकिने वस्तुलाई बिक्री गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । आँबुखैरेनीलाई सफा, सुन्दर र समृद्ध गाउँपालिका बनाउने लक्ष्य लिइएको गाउँपालिकाका कर्मचारी बताउँछन् फोहरलाई व्यवस्थित ढंगबाट संकलन गरी केन्द्रसम्म पु¥याउनका लागि अहिले टोल सुधार समितिका पदाधिकारीलाई तालीम दिइएको छ ।

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार ०३:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । बर्जर पेन्ट्स नेपालले बर्जर उपहारको वर्षा २०७९ सार्वजनिक गरेको छ । बर्जर पेन्टस् नेपालमा २ दशकदेखि सजावटी पेन्टहरुमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपिल गरेका छन् । सोमबार संसद

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको

ताजा समाचार