दशैंको अग्रीम बुकिङ खोल्न व्यवसायी सहमत, मंगलवार देखि टिकट पाईने

 काठमाडौं, २४ भदौ ।विभिन्न माग तेस्र्यायर अग्रिम टिकट बुकिङ खोल्न नमानेका व्यवसायीहरुले आगामी मंगलबारदेखि दशैंको लागी अग्रीम टिकट बुकिङ खुल्ने भएका छन । आज यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन ।यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि विभिन्न माग तेस्र्याएर व्यवसायीले बुकिङ खोलेका थिएनन ।आजको बैठकमा पनि व्यवसायीले भाडा समायोजन प्रक्रिया अघि नबढे बुकिङ नखोल्ने बताएका थिए ।मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन ।अब २७ गतेबाट नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट अग्रमी बुकिङ खुला हुने यातायात विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।यस बर्ष काठमाडौं उपत्यकाबाट दशैं मान्न झण्डै २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?