पूर्व डिआइजी नवराज सिलवाल विरुद्ध किर्ते मुद्दा , यसकारण सांसद पद संकटमा !

काठमाडौँ ५ पुष । प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व डिआइजी नवराज सिलवालविरुद्ध सर्वोच्च अदालतमा कीर्ते जाहेरी दर्ता भएको छ । उनीविरुद्ध सरकारको तर्फबाट अदालतमा आज अदालतमा कीर्ते जाहेरी दर्ता भएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धाकुनले जानकारी दिए उनीमाथि आइजीपी नियुक्तिको विवादका क्रममा कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरेको अभियोग छ । तत्कालिन डिआईजी उनी सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्दा आफू सिनियर भएको दाबी सहित सर्वोच्च पुगेका थिए । तर, रिट निवेदनमा संलग्न गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर भएको थियो ।किर्ते मुद्दामा सर्वसाधरणलाई राज्यले हिरासतमा राखेर अनुसन्धान गर्ने गर्छ अब नवराज सिलवालको हकमा के हुन्छ आगामी दिनले देखाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?