बलिउड स्टार सलमान खान नेपाल आउँदै, यस्तो हुँदै छ स्टेज प्रोग्राम

काठमाडौं, ५ पुस । बलिउडका सुपरस्टार अभिनेता सलमान खान २३ वर्षपछि नेपाल आउने भएका छन् होलीको अवसर पारेर अभिनेता खान नेपाल आउने भएका हुन् आयोजक ओडिसी इन्टरटेनमेन्टका निर्देशक सिमान्त गुरुङका अनुसार, सलमान खान तीन दिनका लागि नेपाल आउन लागेका हुन् अभिनेता सलमान खान सन् १९९४ पछि यो दोस्रोपल्ट नेपाल आउन लागेका हुन् । ‘खानद्वारा अभिनेत फिल्म ‘दबंग द टूर’नाम दिइएको यो सांगितिक भ्रमणका लागि सलमान खान ९ मार्चका दिन बिहान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने निर्देशक गुरुङले बताए सलमानलाई कार्यक्रममा साथ दिन बलिउडका नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जावी डान्सर ‘मिड बोस’ पनि नेपाल आउने छन् यस कार्यक्रमको सञ्चालक चर्चित टेलिभिजन प्रस्तोता मनिष बहलले गर्दैछन् । मुख्य शो भने मार्च १० अर्थात् फागुन २६ गते टुँडिखेलमा हुनेछ । यो वर्ष ५० हजारको हाराहारीमा सलमानका समर्थक टुँडिखेलमा आइरिने आयोजक ओडिसीको विश्वास छ निर्देशक गुरुङका अनुसार, ‘यदि यो सम्भव भएमा नेपाली इन्रटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो शो हुनेछ ।,’ कार्यक्रमलाई फेस्टिभलको रुपमा मनाउन १२ बजेदेखि ुनै गेट खुल्ला गर्न लागिएको उनले जानकारी दिएको छ । सलमान भने ६ः३० बजेमात्र स्टेजमा आउने छन् । उनले करिब ३ घण्टा स्टेज प्रोग्राम गरेर नेपाली दर्शकलाई मनोरञ्जन दिनेछन् ‘यो कार्यक्रमको सेट–अप अन्तर्राष्ट्रियस्तरको हुनेछ । दिल्लीको हवाहरलाल नेहरुले रंगशालामा गत १० तारिखमा ‘दबंग द टूर’ भएको थियो । त्यहाँ पनि ५० हजारको हाराहारीमा समर्थकहरुले साथ दिएका थिए त्यस्तै, ओडिसीका निर्देशक गुरुङले भने, ‘त्यसैले काठमाडौंमा पनि सफलतापूर्वक यो कार्यक्रमम सम्पन्न हुनेमा ढुक्क छौं ।’कार्यक्रम सके लगत्तै सलमान खान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन् । सलमानलाई विश्वको उच्च हिमाल सगरमाथाको अवलोकन पनि गराउने योजना रहेको गुरुङले बताए । उनका अनुसार हेलिकोप्टर चार्टर गरेर उनलाई सगरमाथाको अवलोकन गराउने योजना छ टिकटको मूल्य ३ हजारदेखि १० हजार रुपैयाँसम्म हुनेछ । सलमानको यो शोका लागि मात्र १० देखि १२ करोडको बजेट छुट्याइएको जानकारी गइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?