टोखा गोलीकाण्ड, बन्दुकसहित ४ जना पक्राउ

काठमाडौँ, ५ पुस- राजधानीको टोखामा दुई समूहबीच भएको गोली हानाहान काण्डमा संलग्न ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनील तामाङ, सुशान्त तामाङ अन्जित तामाङ र विजय तामाङ रहेको प्रहरीले जनाएको छ उनीहरुको साथबाट भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । टोखास्थित झोर महांकाल १ मा बुधबार दिउँसो गोली चलेको हो शिवपुरी जंगलमा ती युवा समूहबीच आपसमा विवाद भएको र गोली चल्दा गोली लागेर दुर्गा दुलाल नाम गरेकी महिला घाइते भएको प्रहरीले जनाएको छघाइते महिलाको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनको कोखामा गोली लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?