आन्तरिक सेवा दिँदै आइरहेको श्री एयरलाइन्सले अब अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा

काठमाडौं, ५ पुस । आन्तरिक उडानको सेवा प्रदान गर्दै आइरहेको श्री एयरलाइन्सले अब अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ श्री एयरलाइन्सरले अन्तर्राष्ट्रिय उडान भर्नका लागि संस्कृतिक पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयसँग अन्तर्राष्ट्रि उडानको अनुमति समेत नमागिसकेको छ । अहिले श्री एयरलाइन्सले देशका ५ वटा स्थानमा उडान भरिरहेको एयरलाइन्सले भारतका रिजनल एयरपोर्टमा उडान भर्ने योजना बनाएको छ त्यस्तै, श्री एयरलाइन्सका मार्केटिङ म्यानेजर अनिल मानन्धरले दिएका जानकारी अनुसार, भारतसँगै यसले बैंकक, श्रीलंका र कोलम्बोमा समेत उडान भर्ने योजना बनाएको छ उनले भने, ‘मन्त्रालयले इजाजत दिएपछि हामीले नागरिक उड्डयन प्राधिकरणसँग अन्तर्राष्ट्रिय उडान अनुमति माग्ने छौं अहिले हामी मन्त्रालयको निर्णय पर्खिरहेका छौं ।,’त्यस्तै, अहिले भद्रपुर, विराटनगर, भैरहवा (नेपालगंज) र धनगढीमा श्री एयरलाइन्सले उडान भरिरहेको छ । भरतपुर र पोखरा विमानस्थल रन–वे सानो भएका कारण उडान गर्न नसकेको म्यानेजर मानन्धरले बताए श्री एयरलाइन्ससँग अहिले ३ वटा जहाज छन् । क्यानडाको बम्बार्डियरबाट उत्पादित सीआरजे सिरिजका तीनवटा जेट विमाननै यसले अन्तर्राष्ट्रिय उडान भर्नका लागि प्रयोग हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?