महानगर महिला प्रहरीले देखाए आफ्नो बल, किन पिटिए बदाम व्यापारी युवा (भिडियो)

काठमाडौं, ५ पुस । काठमाडौं महानगर प्रहरी कार्यालबाट नयाँ वानेश्वरमा खटिएका महिला प्रहरीले एकजना बदाम बेच्ने युवालाई बीच सडकमै हातपात गर्दै गरेको भिडियो सार्वजनिक भएको छ वानेश्वरको सडक किनारामा ठेला राखेर बदाम बेच्दै गरेको युवालाई एक महिला प्रहरीले गर्दन समातेर दुव्र्यवहार गरेकी हुन् । ती युवाले सडक मिचेर व्यापार गरेको भन्दै सामान नियन्त्र गरेपछि विवाद सुरु भएको थियो महिला प्रहरी र बदाम व्यापारीबीच विवाद चर्किदै गएपछि हेर्न जुटेका सर्वसाधारणको भिडमा ती महिला प्रहरीले युवाको गालामा समेत झापड हानेका थिए महानगर प्रहरी कार्यालयबाट खटिएका ती महिला प्रहरीले आफूमाथि अन्याय गरेको भन्दै ठूलो–ठूलो आवाजमा प्रतिवाद गरेका बदाम व्यापारी युवामाथि ती महिला प्रहरी हातपातमा उत्रिएपछि युवाको केही चलेन । महिला प्रहरीलाई साथ दिन अरु प्रहरी पनि आएपछि ती बदाम व्यापारी युवा निरिह भएर आफ्नो बाटो लाग्छ महानगर प्रहरी लेखिएको बा १ झ ९७१७ नम्बरको गाडीमा सवार महिला प्रहरीबाट यी बदाम व्यापारी युवामाथि मंगलबार कुटपिट भएको थियो बदाम व्यापारी युवाको प्रश्न ‘मसँग किन दुईसय घुस माग्यो’वानेश्वरको सडक किनारा छेउमा ठेलामा बदाम बेच्ने ती युवाले गुनासो थियो– ‘मसँग किन दुईसय माग्नु भो ?’सडक छेउमा नजिकै ठेला राखेका युवाको सामान नियन्त्रण गरेर गाडीमा राखेपछि ती महिला प्रहरीले युवासँग दुईसय मागेकी थिइन् । महिला प्रहरीलाई पैसा दिए सामान फिर्ता गर्दिने भन्दै आफूसँग पैसा मागेको यी बदाम व्यापारी युवाले उपस्थित सर्वसाधारणको अगाडी बताएका थिए ती युवाले आफूसँग पैसा मागेको कुरा भन्न थालेपछि प्रहरीले उनलाई गाडीभित्र हालेर लैजान लागेका थिए । तर युवाले मानेनन्, उनले प्रतिवाद गरे त्यस्तै, महिला प्रहरीले पैसा मागेको आरोप झुटो भएको दाबी गरेकि छिन् त्यहाँ उपस्थित सर्वसधारणको भिडले दुःख गरेर खाने यस्तो एकजना युवालाई खुलेआम हातपात गर्ने अधिकार तपाईलाई छ ? भनेर प्रश्न गर्दा ती महिला प्रहरी झनै आक्रोशित भएकि थिइन् साथै ती बदाम व्यापारी युवाले रुदै भने, ‘दुःख गरेर खाने आफ्नो सामान नियन्त्रण गरेको, त्यसमाथि पनि घुस मागेको र आवाज उठाउँदा कुटाइ खानुपरेको भन्दै त्यहाबाट हिडेका थिए ।’भिडियो साभार ‘डिसी नेपाल’https://youtu.be/iUS4G0iqp2o  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?