अभिनेत्री केकीले नचाइन् लालबाबु पण्डित

काठमाडौँ, ५ पुस- नेपाली काग्रेशका नेता शेखर कोइरालाई हराएर चुनाव जितेपछि एमाले नेता लालबाबु पण्डित अहिले चर्चामा छन् । सामान्य प्रसासन मन्त्री हुँदा प्रसासनमा गरेको सुधारका कारण लालबाबु फेवरेट लिडर बन्न सफल भए नेपाली चलचित्रकी अभिनेत्री केकी अधिकारीले पनि लालबाबु आफ्नो फेवरेट लिडर भएको बताइन् । चलचित्र ‘राज्जा रानी’को मोफसल प्रचार प्रसार टुरको क्रममा विराटनगर पुगेकी केकीले लालबाबुसँग भेटेर अटोग्राफ लिएकी छन् पण्डितसँग केकीले हजारको नोटमा अटोग्राफ लिएकी हुन् । चल्तीकी नायिकाले आफूबाट अटोग्राफ लिएपछि लालबाबु पनि के कम् ? उनले केकीको सौन्दर्य प्रशंसा गर्न भ्याए । लगत्तै चलचित्रको गीतमा उनले केकी र नाजिरसँग कम्मर भाँचे लालबाबुलाई चलचित्र युनिटले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजित प्रचार प्रसार कार्यक्रममा समेत मुख्य अतिथि बनाएको थियो कार्यक्रममा आफू मन्त्री बने चलचित्रको लागनी उठाउने बताबरण बनाइदिने पण्डितले बताए चलचित्र ‘राज्जा रानी’ले तराइकै दाइजो प्रथा कथाको रुपमा उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?