सुपर ग्यास उद्योगको आगलागीबारे छानविन गर्न समिति गठन

काठमाडौं, ५ पुस । वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागीबारे छानविन गर्नका लागि ५ सदस्यीय छानविन समिति गठन गरिएको छ एलपी ग्यास उद्योग संघले निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन सदस्य रहेको छानविन समिति गठन गरेको हो समितिलाई छानविन गरी प्रतिवेदन बुझाउन पाँच दिनको म्याद दिइएको छ । १० करोड भन्दा बढी लगानीमा सुरु भएको उद्योगमा ग्यास बुलेटबाट आगलागी सुरु भएको अनुमान गरिएको छ सो भिषण आगलागी नियन्त्रणका लागि गएको एक दमकलसहित दुई अग्नीनियन्त्रकको मृत्यु भएको छ भने केही जलेर घाइते भएका छन । उद्योगमा विहान ६ बजेतिर आगलागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?