२०७४, ५ पुष बुधबार ०९:१८

पर्यटन प्रवद्र्धनका निम्ति श्रीलंकामा ‘नेपाल रात्रि’ कार्यक्रम आयोजना


प्रकाशित मिति : २०७४, ५ पुष बुधबार ०९:१८

काठमाडौँ, ५ पुस । नेपाल र श्रीलंकाबीचको पारस्परिक सम्बन्धलाई अझ सुमधुर तुल्याउँदै द्विपक्षीय पर्यटन प्रवद्र्धनका निम्ति हालै श्रीलंकाको राजधानी कोलम्बोमा ‘नेपाल रात्रि’ कार्यक्रम आयोजना गरियो कोलम्बोस्थित नेपाली राजदूतावास, नेपाल वायु सेवा निगम, नेपाल पर्यटन बोर्ड र नेपाल ट्राभल एण्ड टुर एजेण्ट्स (नाट्टा)ले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपाली राजदूत प्रा विश्वम्भर प्याकु¥यालले पर्यटन उद्योग दुवै मुुलुकको अर्थतन्त्रको मेरुदण्ड हो भने अर्थतन्त्रलाई उकास्ने मुख्य उद्योग मानिएको पर्यटन क्षेत्रको प्रवद्र्धनमा दुवै मुलुकबीच सहकार्य हुनुपर्नेमा जोड दिँदै उन दुवै देशका स्थापित पर्यटन व्यवसायी संस्थाबाट आपसी लाभ हुने यथार्थ औँल्याए कार्यक्रममा श्रीलंकाका पर्यटन उद्यमी–व्यवसायी, सञ्चारकर्मी, कोलम्बोस्थित कूटनीतिक समुदायका प्रतिनिधि, श्रीलंका उद्योग वाणिज्य संघ, श्रीलंका–नेपाल व्यवसायी परिषद्, सार्क महिला उद्यमी परिषद्लगायत उपस्थिति रहेको कोलम्बोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस