अल्टिमेटमको दुई दिनअघि क्यानले आईसीसीलाई पठाउँदै छ यस्तो जवाफ

काठमाडौं, ५ पुस । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) बाट निलम्बनमा परेको नेपाल क्रिकेट संघले आइसीसीलाई जवाफ पठाउने भएको छ आईसीसीले क्यानलाई पत्र पठाउँदै पुनर्बहानीका लागि भएका सन्तोषजनक काम भएकोबारे जानकारी गराउन २२ डिसेम्बरसम्मको समय दिएको थियो । निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बुधबार नै आईसीसीलाई जवाफ पठाउन लागेको बताएका छन् ६ भदौमा क्यानले विशेष साधारणसभा बोलाएर सल्लाहकार समूहले बनाएको नयाँ विधान अनुमोदन गरेको थियो । तर, सल्लाहकार समूहमा सहमति नभएका केही विषय आफू अनुकुल संशोधन गरेपछि विवाद देखिएको छ यो विधान राखेपले अनुमोदन गरेर आईसीसीमा पुगिसकेको छ । त्यसपछि आईसीसीले निर्वाचित क्यानलाई पत्र पठाएर निलम्बन फुकुवाका सर्तहरुमा खासै प्रगति नभएको बताएको थियो त्यसलगत्तै आईसीसीले फेब्रुअरीमा बस्ने अर्को बैठकले क्यानको सदस्यता खारेज गर्न सक्ने चेतावनी दिइएको थियो निर्वाचित क्यानले भने नयाँ विधानलाई नै प्रस्थान विन्दु मानेर सल्लाहकार समूहले काम गरेको र साधारणसभाबाट पास भएको विधानमा केही नमिलेका भए आपसी छलफलबाट मिलाउन सकिने जवाफसहित पत्र पठाउन लागेको बताइएको छ आईसीसीले गत वर्ष बैशाख १३ मा नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने निर्णय गरेको थियो । निर्वाचित क्यानले जवाफ पठाएपछि थप छलफलका लागि आईसीसीको टोली नेपाल आउने छ यो टोलीले क्यानसहित सरोकारबाला पक्षसँग छलफल गरेपछि आगामी फेब्रुअरीमा बस्ने आईसीसीको साधारणसभामा नेपालसम्वन्धी प्रस्ताव पेश भएपछि नेपालको सदस्यता खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने बारेमा निर्णय गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?