अनावश्यक दुःख दिएको भन्दै भन्सार कर्मचारीविरुद्ध एजेन्सहरु आन्दोलित

विराटनगर, ५ पुस । कर्मचारीहरुले भन्सार महसुल बुझाउने क्रममा दुःख दिएको भन्दै विराटनगर भन्सारका एजेन्टहरु अन्दोलित बनेका छन् भन्सार कर्मचारीको भ्रष्ट नियतप्रति असन्तुष्टि जनाउदै मंगलवार भन्सार एजेन्टहरुले संयुक्त रुपमा पेनडाउन समेत गरेका थिए । पेनडाउनका कारण मंगलवार विराटनगर भन्सारका सम्पूर्ण कामकाज ठप्प वनेको थियो ४ दिन अघि प्लास्टिक नेट कमले नेपाल भित्र्याएको स्टेपलाईजर भन्सार कर्मचारीहरुले पास नगरेपछि भन्सार एजेन्टहरु र भन्सार कर्मचारी विच विवाद शुरु भएको थियो दुईपक्षवीच विवाद चर्किएसगै एजेन्टहरुले भन्सार कर्मचारीको प्रवृत्ति भष्ट्र भएको आरोप लगाउदै मंगलवारदेखि अन्दोलित भएका हुन् स्टेपलाईजरलाई जवरजस्ती ट्रान्सफरमर भन्दै पास नगरेपछि आफूहरु अन्दोलनमा उत्रिनु परेको भन्सार एजेन्ट संघ विराटनगरका पूर्व अध्ययक्ष प्रविण जोशीले बताए । जोशीले कर्मचारीको नियतमा खोट भएकाले सहज रुपमाल पास नगरेको भन्सारका कर्मचारीमाथि आरोप लगाएका छन् उता भन्सार कार्यलय विराटनगरले भने स्टेपलाईजरको संकेत नम्वरमा शंका उत्पन्न भएकाले मालवस्तुलाई जाचवुझको लागि रोकिएर राखेको बताएको छ । भन्सार कार्यलय विराटनगर निमित्त प्रमुख सुशील थापाका अनुसार विभागबाट नै जाचबुझका लागि निर्देशन आएकाले मालवस्तुलाई यथाशिघ्र पास गर्न नसकिएको वताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?