९ चैत्र २०७९, बिहीवार

नुवाकोट बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या छ पुग्यो, चितवनमा पनि दुर्घटना

२०७४,भाद्र,२४,शनिवार १२:५७

0
Shares

नुवाकोट, २४ भदौ ।काठमाण्डौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी ३० जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ । दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीय शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

त्यस्तै, लालबहादुर तामाङ र उजेली मिजारको उपचारका क्रममा काठमाडाँैस्थित ग्रीनसिटी अस्पताल तथा सबिना तामाङको विपी स्मृति अस्पताल, बसुन्धरामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उमेर र ठेगाना खुल्न बाँकी छ ।दुर्घटनामा घाइते भएका ३० जनाको राजधानीको ग्रीनसिटी, ग्राण्डी, बिपी स्मृतीलगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठानाभञ्ज्याङ स्थित लो–टोलमा घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको उक्त बस सडकबाट करिब ३५० मिटर तल पुगेको थियो ।बस दुर्घटनाबाट स्थानीय सीता तामाङको दुई घर पूर्णरुपमा क्षति भएको छ ।यसैबिच, पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको पिप्ले बजारमा आज दिउँसो दुई यात्रु बस एकआपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ ।दुर्घटनामा परी २७ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नं को बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ९१२५ नं को बस एक आपसमा ठोक्किएका हुन ।दुर्घटनामा परी दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुको चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर र अन्यको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार १२:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००