तमु समाज बहराइनद्वारा ‘तमु ल्होसार’ बहराइनमा भब्यताकासाथ मनाइने

काठमाडौं, ५ पुस । तुम समाज बहराइनले ‘खि ल्होसार’ भव्यताको साथ मनाउने भएको छ । सन् २००२ मा तमुहरुको आस्थाको केन्द्रको रुपमा स्थापना गरिएको तमुह समाज बहराइनले हरेक वर्ष आफ्नो सबैभन्दा ठूलो चार्डको रुपमा ‘तमु ल्होसार’ मनाउँदै आएको छ नेपाली कला संस्कृतिलाई विदेशी भूमिमा मौलिक चार्डलाई जोगाइ राख्ने उद्देश्यका साथ तमु ल्होसार समाज बहराइनको स्थापना भएको संस्थापक अध्यक्ष एवं संरक्षण गम बहदुर गुरुङले बताए यहि डिसेम्बर २९ तारिख शुक्रबार को दिन नेपालबाट चर्चित गायिका मिलन अमात्य एवं हिमाली संस्कृतिक परिवार पोखराको विशेष उपस्थितीमा बहराइनमा सो कार्यक्रम हुन लागेको अध्यक्ष नरेन्द्र घलेले बताएका छन् विगत १५ र १६ वर्ष देखि निरन्तर रुपमा बहराइनमा तमु ल्होसार पर्व विशेष कार्यक्रमको आयोजना गर्दै आइरहेको कार्यक्रम सम्योजक रजित गुरुङले जानकारी गराए साथै उक्त कार्यक्रमबाट सङ्कलीत आर्थिक रकम नेपालमा भएका विभिन्न समस्याहरुलाई सहयोग गर्ने आयोजक ले जनाएको छ । विगतमा पनि नेपालमा भएका विभिन्न समस्याहरुमा आर्थिक सहयोग जुटाउँदै आएको तमु समाज बहराइनले बहराइनमा समस्या परेकाहरुलाइ पनि उत्तिकै सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?