शीतल निवासमा राष्ट्रपतिको कुरा सुनेर फर्किने दुई अध्यक्ष

काठमाडौँ, ५ पुस – राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल भएको छ राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश विवादका विषयमा राष्ट्रपति र ओली प्रचण्डबीच बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा छलफल भएको हो छलफलका क्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा सहमति जुटाउन ओली र प्रचण्डसँग आग्रह गरेकी थिइन् राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न सरकारले दवाव दिइरहेका बेला बाम गठबन्धनका शीर्ष नेतासमेत रहेका ओली र प्रचण्डलाई राष्ट्रपतिले यस्तो आग्रह गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?